Kathmandu Press

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

गुरुङले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने उनले उल्लेख गरेका छन्। 
गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, साउन १० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस चितवनका पूर्वसभापति एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 

सभापति देउवाले शोक विज्ञप्ति जारी गर्दै कांग्रेस चितवनका पूर्वसभापति एवं नेपाल सरकार गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनको खबरले आफूलाई अत्यन्त दुःखित र मर्माहत बनाएको बताएका छन्।

गुरुङले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने उनले उल्लेख गरेका छन्। 

प्रजातन्त्र सेनानी, शिक्षाप्रेमी, समाजसेवी गुरुङको आज बिहान ८ः४५ बजे ७६ बर्षको उमेरमा निधन भएको थियो। उनको आजै देवघाटधाममा लगेर अन्त्येष्टि गरिएको छ। 

प्रकाशित मिति: १५:२४ बजे, शनिबार, साउन १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्