Kathmandu Press

कुलबहादुर गुरुङले पर्वतारोहण संघको अध्यक्षमा उम्मेदवारी दिने

तीन दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिए गुरुङ व्यसायायीहरुमाझ एकेडेमिक व्यक्तित्वका रुपमा परिचत छन्।
कुलबहादुर गुरुङले पर्वतारोहण संघको अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं, साउन ९ : पर्यटन व्यवसायी कुलबहादुर कुरुङले नेपाल पर्वतारोहण संघको अध्यक्षमा उम्मेदवारी दिए भएका छन्। संघको अगस्ट २३ हुनेमा निर्वाचनमा गुरुङले अध्यक्षा उम्मेदवारी दिने भएका हुन्।

नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघमा आबद्ध व्यवसायीहरूको शुक्रबार भएको भेलाले पर्वतारोहण संघको अध्यक्षमा गुरुङलाई उठाउने निर्णय गरेको थियो। 

Hardik ivf

गुरुङले दीगो, पारदर्शी र समावेशी नेतृत्वको प्रतिबद्धता जनाउँदै सबैको साथ र समर्थनका लागि आग्रह गरे। उनले केही साथीहरूसँग सल्लाह गरेर केही दिनमै प्यालनसहित औपचारिक रुपमा उम्मेवारी घोषणा गर्ने बताए। 

अनुभव र साझा नेतृत्वको आधारमा आफूले अध्यक्षमा उम्मेदारी दिएको बताउँदै उनले नेपालको पर्वतीय पर्यटन केवल हिमाल चढ्ने माध्यम होइन, समुदाय सशक्तिकरण, श्रमिक अधिकार र वातावरण संरक्षणको स्रोत हुनुपर्ने बताए। 

तीन दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिए गुरुङ व्यसायायीहरुमाझ एकेडेमिक व्यक्तित्वका रुपमा परिचत छन्। हिमाली सम्भावनाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन अभियाने चलाइरहेका गुरुङ यअसघिको कार्यकालमा पर्वातारोहण सघंमा महासचिव थिए।

संघमा एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले टिकाराम गुरुङलाई अध्यक्षको उम्मेदवार बनाउने बताएको छ भने संघका वर्तमान वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन्। दुवैले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न भने बाँकी छ। 


 

प्रकाशित मिति: १७:४७ बजे, शुक्रबार, साउन ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्