Kathmandu Press

कांग्रेस पदाधिकारी बैठक बस्दै

पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल हुनेछन् । सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढीरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन् ।
कांग्रेस पदाधिकारी बैठक बस्दै
Hardik ivf

काठमाडौं, साउन ९ : सत्तारुढ दल  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार पदाधिकारी बैठक बोलाएका छन् । बैठक आज बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ ।

पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल हुनेछन् । सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढीरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन् ।

बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । 

प्रकाशित मिति: ०८:३१ बजे, शुक्रबार, साउन ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्