त्रिभुवन विश्वविद्यालयमा शुल्क शोषणविरुद्ध विद्यार्थी आन्दोलनमा
आन्दोलनमा सहभागी विद्यार्थीहरूले शिक्षामा शोषण बन्द गर, शुल्क तुरुन्त घटाउ, गरिब विद्यार्थीको छातीमा गोली, यो त केन्द्रिय विभागको नीतिमा झोली, भन्ने नारासहित प्रदर्शन गरेका छन्।-(17)-1753370068.jpeg)
काठमाडौं, साउन ८ : त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय विभागमा गाभिएका चार वटा विभागहरुको शुल्क घटाउनुपर्ने भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समितिले आन्दोलन सुरु गरेको छ।
आजदेखि विश्वविद्यालयको उपकुलपति कार्यालयभित्र धर्ना सुरु गरिएको छ।
आन्दोलनमा सहभागी विद्यार्थीहरूले शिक्षामा शोषण बन्द गर, शुल्क तुरुन्त घटाउ, गरिब विद्यार्थीको छातीमा गोली, यो त केन्द्रिय विभागको नीतिमा झोली, भन्ने नारासहित प्रदर्शन गरेका छन्।
आन्दोलन संयोजक मनिष चम्लागाईले माग सम्बोधन नभए आन्दोलन सशक्त बनाउने बताए।
‘केन्द्रीय विभागमा गाभिएका नयाँ विभागहरूमा शुल्क घटाइनु पर्छ। विद्यार्थीहरूमाथि आर्थिक भार हुने निर्णय तत्काल फिर्ता लिनुपर्छ। यदि माग सम्बोधन भएन भने आन्दोलन थप सशक्त बनाउँछौं,’ उनले भने।
अखिल (क्रान्तिकारी) जिल्ला समितिले विश्वविद्यालय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै १० दिनभित्र शुल्क समायोजन सहितको माग प्रस्तुत गरेको छ। सो अवधिमा माग सम्बोधन नभए थप चरणबद्ध आन्दोलनको घोषणा गरिने चेतावनी पनि दिइएको थियो।












