Kathmandu Press

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सांसदहरुले विशेष र शून्य समयमा समसामयिक विषयमा आआफ्नो धारणा राख्ने छन् ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, साउन ८ : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सांसदहरुले विशेष र शून्य समयमा समसामयिक विषयमा आआफ्नो धारणा राख्ने छन् ।

Hardik ivf

यस्तै,बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची छ ।
 

प्रकाशित मिति: ०७:४५ बजे, बिहीबार, साउन ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्