Kathmandu Press

आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

आरोपितको मानवअधिकारीको ख्याल गर्दै तस्बिर र भिडियो सार्वजनिक नगर्न उक्त निर्णयमा पुगिएको प्रहरी प्रधान कार्यालयले बताएको छ। 
आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाडौं, साउन ७ : प्रहरी प्रधान कार्यालयले विभिन्न अपराधका आरोपितको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न मातहतका प्रहरी कार्यालयहरुलाई निर्देशन दिको छ। 

आरोपितको मानवअधिकारीको ख्याल गर्दै तस्बिर र भिडियो सार्वजनिक नगर्न उक्त निर्णयमा पुगिएको प्रहरी प्रधान कार्यालयले बताएको छ। 

Hardik ivf

प्रहरी निर्देशनपछि अब विभिन्न कसुरमा अनुसन्धानका लागि पक्राउ परेका आरोपितको भिडियो तथा फोटो सार्वजनिक नहुने भएको छ। प्रहरी प्रधान कार्यालयबाट मातहतका सबै प्रहरी कार्यालयलाई निर्देशन गइसकेको जनाइएको छ। 

महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले उक्त कदम चालेको हो। प्रहरीका अनुसार पहिलो चरणमा पक्राउ परेका आरोपितको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न पत्राचार गरिसकिएको छ। 

अनुसन्धानका लागि पक्राउ परेकाहरूको तस्बिर, भिडियो सार्वजनिक हुँदा अदालतबाट सफाइ पाउने अवस्थामा सामाजिक मर्यादा र व्यक्तिगत प्रतिष्ठामा असर पुग्ने भन्दै मानवअधिकारवादी र कानुनव्यवसायीले आवाज उठाउँदै आएका थिए। 

प्रकाशित मिति: १९:४४ बजे, बुधबार, साउन ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्