Kathmandu Press

विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन : प्रधानमन्त्री

‘जात र धर्मबाट उहाँ माथि हुनुहुन्थ्यो, आफ्नो थरमा श्रेष्ठ लेख्नुभएन। नेपालमा कम्युनिष्टहरूको सङ्गठनलाई गतिशील रूपमा हाँक्नसक्ने नेता हुनुहुन्थ्यो, उहाँ।’
विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन : प्रधानमन्त्री

काठमाडौं, साउन ७ : प्रधानमन्त्री केपी ओलीले नेकपा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील सङ्गठन र समर्पित नेतृत्वका धनी भएको बताएका छन्।

नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित ४७औँ पुष्पलाल स्मृति दिवस कार्यक्रममा बोल्दै उनले समाज बदल्ने सपना बोकेकाहरूले उहाँका विचारलाई अनुसरण गर्नुपर्नेमा जोड दिए। उनले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट पारे। 

‘पुष्पलाल आदर्शप्रति सधैँ दृढ रहनुभयो। उहाँका केही सीमाहरू थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो,’ ओलीले भने, ‘जात र धर्मबाट उहाँ माथि हुनुहुन्थ्यो, आफ्नो थरमा श्रेष्ठ लेख्नुभएन। नेपालमा कम्युनिष्टहरूको सङ्गठनलाई गतिशील रूपमा हाँक्नसक्ने नेता हुनुहुन्थ्यो, उहाँ।’

प्रधानमन्त्री ओलीले उहाँकै विरासत बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरूलाई बिर्सन नहुने बताए। 

प्रकाशित मिति: १८:५५ बजे, बुधबार, साउन ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्