Kathmandu Press

सहमति कार्यान्वयन नभएको भन्दै चिकित्सक संघले दियो आन्दोलनको चेतावनी

संघका महासचिव तिवारीले सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनमा जान बाध्य पारिए अबको आन्दोलनको स्वरूप थप सशक्त हुने चेतावनी दिएका छन्। 
सहमति कार्यान्वयन नभएको भन्दै चिकित्सक संघले दियो आन्दोलनको चेतावनी

काठमाडौं, साउन ७ : सरकारसँग भएको सहमति कार्यान्वयनमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै पुनः आन्दोलनको चेतावनी दिएको छ।

संघका महासचिव डा.सन्जिव तिवारीले बुधबार एक प्रेश विज्ञप्ति जारी गर्दै उक्त दिएको हो। सरकारको विश्वसनीयतामाथि प्रश्न उठाउँदै संघले तत्काल सहमति कार्यान्वयनको माग गरेको हो। 

Hardik ivf

संघ र सरकारका तर्फबाट यसअघि उपभोक्ता संरक्षण ऐनलगायत विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको संशोधनका लागि ३ बुँदे सहमति भएको थियो। 

सरकारसँग भएको सहमति अनुसार विद्यमान कानुनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा ११ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्नेगरी ३ सदस्यीय कार्यदल गठन गरिएको थियो । त्यसपछि संघ अस्पतालका आकस्मिक सेवा बाहेकका सेवा वन्द गर्दैै आन्दोलनमा उत्रिएको थियो।  

निर्धारित समय सकिएको लामो समयसम्म कुनै ठोस प्रगति नदेखिएपछि संघले पुनm आन्दोलनके चेतावनी दिएको हो। 

संघका महासचिव तिवारीले विज्ञप्तिमार्फत सहमती कार्यान्वयन नभएको भन्दै आन्दोलनमा जान बाध्य पारिए अबको आन्दोलनको स्वरूप थप सशक्त हुने चेतावनी दिएका छन्। 

प्रकाशित मिति: १८:३४ बजे, बुधबार, साउन ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्