Kathmandu Press

उपेन्द्र यादव भन्छन्– कम्युनिष्ट आन्दोलन अन्त्य हुनै लाग्यो

‘कम्युनिष्ट आन्दोलन करिब करिब अन्त्य भएको जस्तो देख्छु तर कम्युनिष्ट आन्दोलनबाट लिबरल डेमोक्रेटिक मुभमेन्टतिर भड्किरहेको देख्छु । त्यो पनि एउटा ठूलै षड्यन्त्रको सिकार हो,’ उनले भने।
उपेन्द्र यादव भन्छन्– कम्युनिष्ट आन्दोलन अन्त्य हुनै लाग्यो

काठमाडौं, साउन ७ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्य हुन लागेको बताएका छन्। 

बुधबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उलने नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्य हुन लाग्दा उदार प्रजातान्त्रिक आन्दोलनतिर भड्किरहेको टिप्प्णी गरे। 

अध्यक्ष यदावले यो एउटा षड्यन्त्रको सिकार भएको बताए। 

‘कम्युनिष्ट आन्दोलन करिब करिब अन्त्य भएको जस्तो देख्छु तर कम्युनिष्ट आन्दोलनबाट लिबरल डेमोक्रेटिक मुभमेन्टतिर भड्किरहेको देख्छु । त्यो पनि एउटा ठूलै षड्यन्त्रको सिकार हो,’ उनले भने।

अध्यक्ष यादवले नेपालमा जीवनभर गणतन्त्रको पक्षमा र राजतन्त्रको विरुद्धमा कुनै ठाउँमा कहिले पनि कतै पनि कुनै किसिमको लचकता नदेखाइकन जीवन्त संघर्ष गर्ने व्यक्तित्वको रूपमा पुष्पलाललाई लिनुपर्ने धारणा पनि राखे। 

नेपालमा यति धेरै कम्युनिष्ट नेताहरु हुँदा हुँदै कहिले राप्रपा त कहिले कांग्रेसकोपछि लाग्नु पनि एउटा षड्यन्त्र भएको बताए। 

प्रकाशित मिति: १७:५५ बजे, बुधबार, साउन ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्