Kathmandu Press

कम्युनिष्ट देशको प्रधानमन्त्री हुँदा पनि परिणाम आउने काम नहुनु विडम्वना हो : अध्यक्ष नेपाल 

समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम आउँनेगरी काम गर्न नसकेको आरोप लगाए। 
कम्युनिष्ट देशको प्रधानमन्त्री हुँदा पनि परिणाम आउने काम नहुनु विडम्वना हो : अध्यक्ष नेपाल 

काठमाडौं, साउन ७ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका नेता देशको प्रधानमन्त्री हुँदा पनि परिणाम आउने काम नहुनु विडम्वना रहेको बताएका छन्। 

बुधबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम आउँनेगरी काम गर्न नसकेको आरोप लगाए। 

Hardik ivf

‘अहिले पनि कम्युनिष्ट पार्टीका नेता देशको प्रधानमन्त्री तर देशको अवस्था राम्रो छैन। जनतामा निराशा छ। परिणाम आउने काम भइरहेको छैन कस्तो विडम्वना एक जना छाउपडी प्रथाको शिकार भएर मृत्युवरण गरेको छ । त्यो समाजले हटाउन सकेको छैन,’ उनले भने, ‘त्यहाँ कम्युनिष्ट पार्टीहरू पनि छन् तर उनीहरु अभियान चलाउँदैनन्। हामीले छुवाछुत, छाउपडी लगायतका प्रथाको अन्त्य गर्न सामाजिक जागरण मात्र होइन् त्यस्ता प्रवृत्ति बोक्नेहरुको विरुद्धमा भण्डाफोर गर्ने अभियान चलाएको छैनौं।’

अध्यक्ष नेपालले अहिले देशको सबैभन्दा ठूलो रोग व्यक्तिवाद रहेको पनि धारणा राखे। 

‘अहिले भएको सबैभन्दा ठूलो रोग व्यक्तिवादको रोग हो। आफूलाई मात्र केन्द्रबिन्दुमा राख्ने रोग हो । सामुहिकताको भावनाको अभाव छ। सामुहिक छलफल गरेर निष्कर्षमा पुग्ने भावनाको अभाव हो,’ उनले भने।
 

प्रकाशित मिति: १७:४९ बजे, बुधबार, साउन ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्