Kathmandu Press

कांग्रेसका मन्त्रीहरुले खल्तीमा राजिनामा बोकेर बस्नुपर्छ : महामन्त्री थापा

‘सत्यको पक्षमा उभिने हो। त्यो हिम्मत कांग्रेसका प्रत्येक साथीले राख्नुपर्छ। हामीसँग योजना र सङ्कल्प छ । घरको फोहोर पनि सफा गरौँ,’ उनले भने।
कांग्रेसका मन्त्रीहरुले खल्तीमा राजिनामा बोकेर बस्नुपर्छ : महामन्त्री थापा

चितवन, साउन ७ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका मन्त्रीहरूले राजीनामा खल्तीमा बोकेर बस्नुपर्ने बताएका छन्।

बिपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बुधबार चितवन पुगेका महामन्त्री थापाले उक्त भनाई राखेका हुन्। 

‘हाम्रा आधारभूत कुराहरूसँग, न्यूनतम मूल्यमान्यता जे छ त्यससँग सम्झौता गर्नुपर्ने अवस्था आयो भने एक मिनेट पनि नसोची तिम्रो सरकार तिमीलाई मुवारक, हामी आफ्नो बाटो हिँडौँ भनेर भन्छु म, त्यो हिम्मत बोकेर बस्नुपर्छ,’ महामन्त्री थापाले भने, ‘कांग्रेसका मन्त्रीहरूले कुनै गलत काम गर्नुपर्ने अवस्था आएमा तत्काल राजीनामा प्रधानमन्त्रीको टेबलमा फालिदिने हिम्मत राख्नुपर्छ । कांग्रेसका मन्त्रीहरूले खल्तीमा राजीनामा बोकेर बस्नुपर्छ, मैले गलत काम गर्नुप¥यो भने त्यही बेलामा पड्काइदिन्छु म प्रधानमन्त्रीको टेबुलमा भन्ने हिम्मत गर्नुपर्छ।’ 

महामन्त्री थापाले आधारभूत मूल्यमान्यतामा सम्झौता गर्नुपर्ने अवस्था आएमा पार्टी सभापतिले समेत सरकार त्याग्न तयार रहनुपर्ने पनि बताए। उनले चुनावको चिन्ता भनेको लोभी हुनु रहेको बताउँदै लोभी भए धेरै कुरा गर्न नसकिने पनि बताए। 

‘सत्यको पक्षमा उभिने हो। त्यो हिम्मत कांग्रेसका प्रत्येक साथीले राख्नुपर्छ। हामीसँग योजना र सङ्कल्प छ । घरको फोहोर पनि सफा गरौँ,’ उनले भने।

 

 

प्रकाशित मिति: १७:२२ बजे, बुधबार, साउन ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्