Kathmandu Press

रास्वपाको इटहरी नगर अधिवेशन रोक्न उच्च अदालतको अन्तरिम आदेश

उच्च अदालतकी न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले उक्त आदेश दिएको हो। साथै, इजलासले साउन १२ गते दुवै पक्ष अदालतमा उपस्थित हुन पनि आदेश दिएको छ। 
रास्वपाको इटहरी नगर अधिवेशन रोक्न उच्च अदालतको अन्तरिम आदेश

सुनसरी, साउन ७ : राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा) को इटहरी नगर अधिवेशन रोक्न बुधबार उच्च अदालत विराटनगरले अल्पकालिन अन्तरिम आदेश दिएको छ।

उच्च अदालतकी न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले उक्त आदेश दिएको हो।

साथै, इजलासले साउन १२ गते दुवै पक्ष अदालतमा उपस्थित हुन पनि आदेश दिएको छ। आगामी साउन १० गतेका लागि रास्वपाको नगर अभिवेशन तय भएको थियो।

अदालतले अल्पकालीन अन्तरिम आदेश दिँदै छलफलका लागि बोलाएको छ। अधिवेशन स्थगित गर्नुपर्ने मागसहित विष्णुबहादुर बस्नेतले रिट दायर गरेका हुन्। 

रास्वपाको केन्द्रीय अनुशासन समितिले रिट निवदेक बस्नेतलाई इटहरी उपमहानगरपालिको रास्वपा सभापति पदबाट निलम्बन गरेको थियो। 

नगर सभापतिलाई नै निलम्बन गरेको अवस्थामा अधिवेशन गर्ने कार्य लोकतान्त्रिक विधि र पद्धति अनुसार नभएको दाबीसहीत वैधानिकताको प्रश्न उठाएर अधिवशेन रोक्न माग गर्दै बस्नेत रिट लिएर अदालत पुगेका हुन्। 

प्रकाशित मिति: १७:०४ बजे, बुधबार, साउन ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्