Kathmandu Press

नक्कली भुटानी प्रकरणमा रायमाझीको साउन १८ बाट अन्तिम सुनुवाई 

रायमाझीको जाहेरीवाला र साक्षीको बकपत्र सकिएकाले साउन १८ गतेका लागि काठमाडौं जिल्ला अदालतमा अन्तिम सुनुवाईका लागि पेसी तोकिएको हो।
नक्कली भुटानी प्रकरणमा रायमाझीको साउन १८ बाट अन्तिम सुनुवाई 

काठमाडौं, साउन ७ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाल कम्युनिस्ट पार्टी एमालेका निलम्बित सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको मुद्दामा साउन १८ गतेका लागि अन्तिम सुनुवाईको पेसी तय भएको छ।  

रायमाझीको जाहेरीवाला र साक्षीको बकपत्र सकिएकाले साउन १८ गतेका लागि काठमाडौं जिल्ला अदालतमा अन्तिम सुनुवाईका लागि पेसी तोकिएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा जाहेरवाला र साक्षी बकपत्र पनि सकिएको छ। 

अर्घाखाँचीबाट सांसद बनेका रायमाझीसहितका आरोपीविरुद्ध ठगी लिखत कीर्ते र राज्यविरुद्ध र सङ्गठित अपराधको कसुरमा मुद्दा जिल्ला अदालतमा २९ महिनादेखि विचाराधीन छ। 

पन्थीले जाहेरी लेख्दा आफूले ती कुरा उल्लेख नगरेको तथा आफूले एभरेस्ट होटलको चौथो तलामा सानु भण्डारीसँग मात्रै भेटेको, रायमाझीलाई नभेटेको स्पष्ट गरेको कानुन व्यवसायी अधिवक्ता रेग्मीले जानकारी दिए। 

रायमाझी २०८० वैशाख ३१ गते पक्राउ परेका थि । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले २०८० असार १ गतेको आदेश अनुरुप रायमाझीसहितका प्रतिबादी हाल पुर्पक्षका लागि थुनामा छन्। 

नक्कली भुटानी प्रकरणमा जिल्ला अदालतको आदेश वमोजिम पुर्पक्षका लागि थुनामा रहेका तत्कालिन गृहमन्त्री बालकृष्ण खाँण, रायमाझीका छोरा सन्दीप रायमाझी, अर्का अभियुक्त आङ्तावा शेर्पा र गोविन्द चौधरी सर्वोच्च अदालतको आदेशबाट धरौटी जमानतमा छुटेका छन्। 

प्रकाशित मिति: १६:३५ बजे, बुधबार, साउन ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्