Kathmandu Press

जनकपुरधामको समुचित विकासका लागि सहरी विकास मन्त्रालय तत्पर : मन्त्री सिंह

मन्त्री सिंहले जनकपुरधामको समुचित विकासका लागि सहरी विकास मन्त्रालयले विभिन्न एतिहासिक र धार्मिक मान्यता बोकेका संरचनाहरुको निर्माण गरेको बताए। 
जनकपुरधामको समुचित विकासका लागि सहरी विकास मन्त्रालय तत्पर : मन्त्री सिंह

जनकपुर, साउन ७ : उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनकपुरधामको समुचित विकासका लागि सहरी विकास मन्त्रालय तत्पर रहेको बताएका छन्।

बुधबार जनकपुरधाममा सीता पुष्पवाटिका (मणिमण्डप)को सद्घाटन गर्दै मन्त्री सिंहले जनकपुरधामको समुचित विकासका लागि सहरी विकास मन्त्रालयले विभिन्न एतिहासिक र धार्मिक मान्यता बोकेका संरचनाहरुको निर्माण गरेको बताए। 

Hardik ivf

उनले धार्मिक र पर्यटकीय स्थलहरुको प्रचार प्रसार भारत र नेपालमा मात्र नभई सम्पूर्ण विश्वमा गर्नु पर्नेमा लागि पर्न आवश्यक रहेको उल्लेख गरे। उनले जनकपुरधाम सिता माता र भगवान रामको विवाह स्थल भएकाले यस क्षेत्रलाई म्यारेज डेस्टिनेसनको रुपमा विकास गर्ने तर्फ लग्नुपर्नेमा जोड दिए। 

त्यसका लागि आवश्यक भौतिक संरचना र सुविधाहरुको विकास गर्न पहल आवश्यक रहेको उनले धारणा राखे।

मन्त्री सिंहले मणिमण्डपको नयाँ भवन सहरी विकास मन्त्रालयले निर्माण गरे पनि यसको संरक्षणका लागि स्थानीयवासी र स्थानीयतहलाई ध्यान दिन आग्रह गरे।
 

प्रकाशित मिति: १६:२८ बजे, बुधबार, साउन ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्