Kathmandu Press

नाउपा अध्यक्ष श्रेष्ठ बयानका लागि अख्तियारमा 

भूमिसुधार मन्त्री रहेका बेला श्रेष्ठले घुस मागेको उजुरीका आधारमा अख्तियारले बयानका लागि उपस्थित हुन पुर्जी जारी गरेको थियो। 
नाउपा अध्यक्ष श्रेष्ठ बयानका लागि अख्तियारमा 

काठमाडौं, साउन ६ : नागरिक उन्मुक्ती पार्टी (नाउपा) की अध्यक्ष एवम् पूर्व मन्त्री रञ्जिता श्रेष्ठ बयानका लागि अख्तियारमा पुगेकी छन्। 

अहिले अख्तियारमा श्रेष्ठको बयान चलिइरहेको छ। श्रेष्ठले घुस लिएको आरोपमा अख्तियारमा परेको उजुरीका आधारमा उनीसँग बयान लिइरहेको हो। भूमिसुधार मन्त्री रहेका बेला श्रेष्ठले घुस मागेको उजुरीका आधारमा अख्तियारले बयानका लागि उपस्थित हुन पुर्जी जारी गरेको थियो। 

उनले मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा रोक्न र पोखराको लिची बगैंचा व्यक्तिका नाममा दर्ता विवादमा बिचौलियासँग घुस लिएको आरोपसहित उजुरी परेको छ । उक्त प्रकरणमा निवर्तमान सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिइसकेका छन्। 

उक्त प्रकरणमा भूमिसुधार मन्त्री बलराम अधिकारी पनि मुछिएका छन्। सामान्य प्रशासन मन्त्री गुप्ताले राजीनामा दिए पनि अधिकारी पनि पदमै बहाल छन्। 
 

प्रकाशित मिति: १४:५८ बजे, बुधबार, साउन ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्