Kathmandu Press

एमाले महासचिव पोखरेल भन्छन्– पूर्वराष्ट्रपति भण्डारीको सदस्यता स्वतः निष्क्रिय भयो

‘उहाँको जे भूमिका मुलुकका लागि आवश्यक ठानिएको छ। त्यो परिप्रेक्षमा पार्टी राजनीतिमा फर्किनु उचित हुँदैन भन्ने निष्कर्ष निकालीसकेपछि सदस्यताको विषय स्वतः निष्क्रिय भएको छ,’ महासचिव पोखरेलले भने।
एमाले महासचिव पोखरेल भन्छन्– पूर्वराष्ट्रपति भण्डारीको सदस्यता स्वतः निष्क्रिय भयो

काठमाडौं, साउन ६ : एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भएको भनाई राखेका छन्।

केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले उक्त भनाई राखेका हुन्। 

‘उहाँको जे भूमिका मुलुकका लागि आवश्यक ठानिएको छ। त्यो परिप्रेक्षमा पार्टी राजनीतिमा फर्किनु उचित हुँदैन भन्ने निष्कर्ष निकालीसकेपछि सदस्यताको विषय स्वतः निष्क्रिय भएको छ,’ महासचिव पोखरेलले भने।

उनले पूर्वराष्ट्रपतिको फरक भूमिकाको केन्द्रीय कमिटीले नै महसुस गरेकाले भण्डारीलाई पार्टी सदस्य बनाउन नचाहेको बताए। सदस्यता नवीकरणको विषय विधान अनुरुप केन्द्रीय कमिटीको विषय बन्नुपर्ने मान्यता रहेको उनले बताए। 

‘केन्द्रीय कमिटीले नै उहाँको फरक भूमिकालाई आवश्यक ठानेपछि उहाँको सदस्यतालाई आवश्यक ठानेनौं,’ उनले भने।
 
प्रकाशित मिति: १५:५० बजे, बुधबार, साउन ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्