सरकारी कार्यक्रममा निलम्बनमा परेकाहरु उपस्थिती हुनु संसदको अवमूल्यन हो : माधव सापकोटा
बुधबार बसेको प्रतिनिधिसभामा बोल्दै सांसद सापकोटाले सरकारी कार्यक्रममा बस्नेतको उपस्थिती संसदको अवमूल्यनका साथै नैतिकता र जन विश्वासमाथि ठूलो हमला भएको बताए।
काठमाडौं, साउन ७ : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले निलम्बनमा परेका र कानूनीरुपमा मुद्धा लागेका मानिसलाई सरकारी कार्यक्रमको प्रमुख अथिति बनाउदाँ संसदको अवमूल्यन हुने बताएका छन्।
केही दिनअघि सिन्धुपाल्चोकको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले सरकारी कार्यक्रमको आयोजना गरी टेरामक्स प्रकरणमा मुछिएका पूर्वमन्त्री मोहन बस्नेत प्रमुख अथितिको रुपमा उपस्थित भएका थिए।
बुधबार बसेको प्रतिनिधिसभामा बोल्दै सांसद सापकोटाले सरकारी कार्यक्रममा बस्नेतको उपस्थिती संसदको अवमूल्यनका साथै नैतिकता र जन विश्वासमाथि ठूलो हमला भएको बताए।
‘यही संसदले सार्वजनिक पद अवलम्वन गरेको हो। सरकारी कार्यक्रममा निलम्बनमा परेका र कानूनीरुपमा मुद्धा समेत लागेका मानिस प्रमुख अथितीको रुपमा आमत्रण गर्नु भनेको संसदको समेत अवमूल्यन हो साथै शासन प्रणाली, नैतिकता र जन विश्वासमाथि ठूलो हमला हो,’ उनले भने, ‘त्यसैले गृहमन्त्रालयले यसको बारेमा आधिकारीक धारणा के हो जान्न चाहान्छु।’
सांसद सापकोटाले संसदका सदस्यहरुले घुस काण्डको अडियो बाहिर आउनुसम्म पनि सुनुवाइ नभएको प्रति दुख व्यक्त गरे।
-1771572500.jpg)



-1771572500.jpg)







