Kathmandu Press

विदेशबाट आएका लासहरुको क्षतिपूर्तीमा सरकारले ध्यान जान आवश्यक छ : सांसद खान 

सांसद खानले लास ल्याउन नसक्ने र मृतकको परिवारलाई क्षतिपूर्ती दिन नसक्ने भए रेमिट्यान्सबाट देश चलाई रहेको भन्न लाज हुनुपर्ने बताएका छन्। 
विदेशबाट आएका लासहरुको क्षतिपूर्तीमा सरकारले ध्यान जान आवश्यक छ : सांसद खान 

काठमाडौं, साउन ७ : जनमत पार्टीका सांसद अब्दुल खानले विदेशबाट आएका लासहरुको क्षतिपूर्तीमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्। 

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १३ दिन अघिको लास अझै नेपाल नआएको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने बताए। 

‘प्रत्येक वर्ष विदेशमा नेपालीहरु १३ सय ४६ जनाले ज्यान गुमाइरहेका छन्। प्रत्येक दिन नेपालको एयरपोर्टमा नेपालीको लास आउने गरेको छ । १३ जुलाई २०२५ मा बर्षातको कारणले गर्दा २२ बर्षको राजन यादव र रोजिन ओली २० वर्षको उमेरमा मृत्यु भएको  थियो, अमेरिकामा रहेका दुइ नागरिकको लास अझै नेपाल आएको छैन, यस प्रति सरकारले ध्यान दिन जरुरी रहेको छ,’ उनले भने।

सांसद खानले लास ल्याउन नसक्ने र मृतकको परिवारलाई क्षतिपूर्ती दिन नसक्ने भए रेमिट्यान्सबाट देश चलाई रहेको भन्न लाज हुनुपर्ने बताएका छन्। 

‘हामी लास ल्याउन सक्दैनौं, मृतकको परिवारलाई क्षतिपूर्ती दिन सक्दैनौं भने रेमिट्यान्सबाट देश चलाई रहेको भन्न लाज रहेको कुरा रहेको छ। यसप्रति सरकारले ध्यान दिन जरुरी  रहेको छ,’ उनले भने ।  
 
प्रकाशित मिति: १४:५९ बजे, बुधबार, साउन ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्