Kathmandu Press

‘जनता हाहाकारमा राखेर मन्त्रीहरु आफ्ना लागि मिनिरल वाटर मगाउँन व्यस्त छन्’

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले मन्त्री र प्रधानमन्त्रीहरु आफ्नो लागि विदेशबाट मिनिरल वाटर मगाउने गरेको भन्दै जनता भने सामान्य पानी पनि खान नपाउने अवस्थामा रहेको बताए। 
‘जनता हाहाकारमा राखेर मन्त्रीहरु आफ्ना लागि मिनिरल वाटर मगाउँन व्यस्त छन्’

काठमाडौं, साउन ७ : आम जनता पार्टीका अध्यक्ष एंव सांसद प्रभु साहले तराईका जनताहरुले सामान्य पानी पनि खान नपाउने अवस्था आएको बताएका छन्। 

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले मन्त्री र प्रधानमन्त्रीहरु आफ्नो लागि विदेशबाट मिनिरल वाटर मगाउने गरेको भन्दै जनता भने सामान्य पानी पनि खान नपाउने अवस्थामा रहेको बताए। 

‘तराई मधेशमा खानेपानीको हाहाकार छ। अवस्था काकाकुल छ, पानी पानी भन्दा भन्दै जनताहरु थाकि सकेका छन्। सुन्नेहरुको कान पनि पाकि सकेको छ ,तर सरकारले सुनेको छैन। म सरकारलाई सोध्न चाहान्छु खाने पानी दिने हो की होइन्,’ उनले भने, ‘खानेपानी दिने हो भने कहिले दिने हो भन्ने कुरा जान्न चाहान्छु। सरकारका मन्त्री र प्रधानमन्त्रीहरु आफ्नो लागि विदेशबाट मिनिरल वाटर मगाउनु हुन्छ, तर जनताले सामान्य पानी पनि खान पाएको छैन।’

सांसद साहले खानेपानी सँगै मलको जिम्मेवारी पनि सरकारको भएपनि आजसम्म किसानले मल नपाएको बताए। 
 
प्रकाशित मिति: १४:४३ बजे, बुधबार, साउन ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्