Kathmandu Press

कांग्रेस र एमालेबीच कुन मन्त्रीले कसरी छिटो पैसा कमाउने भन्ने प्रतिस्पर्धा छ : अध्यक्ष लिङ्देन

भ्रष्टाचारको संरक्षकको दायरमा रहेको राजनीतिक नेतृत्वलार्ई छानविनको दायरामा ल्याउन उनले माग गरे। 
कांग्रेस र एमालेबीच कुन मन्त्रीले कसरी छिटो पैसा कमाउने भन्ने प्रतिस्पर्धा छ : अध्यक्ष लिङ्देन

काठमाडौं, साउन ७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले टेण्डर परे जसरी मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजनीतिक नेतृत्वलाई छानबीनको दायरामा नल्याएसम्म कर्मचारीलाई मात्र कारवाही गरेर भ्रष्टाचार नरोकिने बताएका हुन्।

Hardik ivf

उनले भ्रष्टाचारको जरो र छाता भनेको नै राजनिति  रहेको बताए। उनले दुई ठुला दलहरुको सरकारले वैकल्पिक शक्तिको अवाज बोकेका दलहरुले उठाएको कुरा नसुनेको बताए। 

‘कांग्रेस र एमाले मिलेर देशलाई सिध्याउने टेन्डर पारेको जस्तो गरिरहेको छ। कांग्रेस र एमालेबिच कुन मन्त्रीले कसरी छिटो पैसा कमाउने भन्ने बारे प्रतिस्पर्धा भएरहेको छ। विवादमा आएका मन्त्रीहरुको छानबीन गर्न पनि देखिएको छ,’ उनले भने, ‘भ्रष्टाचार कहाँ–कहाँ छ भनेर भन्न पर्दैन, भ्रष्टाचार कहाँचाँहि छैन भनेर बुझन् आवश्यक छ । भ्रष्टाचार को जरो र छाता भनेको नै राजनिति हो। जबसम्म राजनितिको क्षेत्रलाई कारवाहीको दायरमा ल्याइँदैन, तबसम्म भ्रष्टाचार नियन्त्रणको कल्पना पनि गर्न पनि सकिँदैन।’

अध्यक्ष लिङ्देनले आफुहरू भिजिट भिसाको मात्र विरोध नगरेर भन्दै समग्र भ्रष्टाचारको छानबीन गर्न उच्चस्तरीय आयोग बनाउन माग गरेका छन्। भ्रष्टाचारको संरक्षकको दायरमा रहेको राजनीतिक नेतृत्वलार्ई छानविनको दायरामा ल्याउन उनले माग गरे। 

‘सार्वजानिक रुपमा जो दोषी छ त्यस्लाई संरक्षण गर्न हुँदैन। हामीले निरन्तर आवाज उठाउँदै गएका छौं। देशका  ठुला दलहरुको सरकारले वैकल्पिक शक्तिको अवाज बोकेका दलहरुले उठाएको कुरा नसुनेको भिजिट भिसावाला जुन कुरा आएको छ, कमिसन खाएको कुरा आएको छ । यी सबैको छानवीनको लागि उच्च स्तरको छानवीन समिति बनाउन आवश्यक छ। नबनाँउदा सम्म हामी संसदमा विरोध गरिरहने छौं,’ अध्यक्ष लिङ्देनले भने।
 

प्रकाशित मिति: १४:३६ बजे, बुधबार, साउन ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्