Kathmandu Press

भ्रष्टाचारको जालो डर लाग्दो देखियो, यसलाई रोक्न सरकारले आँट नै गर्न सकेन’

उनले अहिले बहालवाला मन्त्रीहरू नै भ्रष्टाचारको काण्ठमा मुछिएका उनीहरुलाई कारबाही गर्न पनि उनले माग गरिन्। 
भ्रष्टाचारको जालो डर लाग्दो देखियो, यसलाई रोक्न सरकारले आँट नै गर्न सकेन’

काठमाडौं, साउन ७ :  राष्ट्रिय स्वातन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकारले भ्रष्टाचारको डर लाग्दो जालो हटाउन सरकारले पहल नगरेको भन्दै विरोध र आपत्ति जनाएकी छिन्। 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले टिभीको श्रृंखलाजस्तो हरेक दिन भ्रष्टाचारको नयाँ–नयाँ समाचार आइरहे पनि यसलाई हटाउने आँट सरकारले नदखाएको बताइन्। 

Hardik ivf

उनले अहिले बहालवाला मन्त्रीहरू नै भ्रष्टाचारको काण्ठमा मुछिएका उनीहरुलाई कारबाही गर्न पनि उनले माग गरिन्। 

‘टिभीको श्रृंखला जस्तो हरेक दिन भ्रष्टाचारको नाङ्गो समाचार आइरहेका छन्। ७८ लाखको काण्ड सेलायो, ३२ लाख वालामन्त्री अझै यतै छन्, छानबिन र कारबाही हुनुपर्छ कि पर्दैन्?,’ उनले भनिन्, ‘भ्रष्टाचार, राजनीतिक संरचना र प्रशासनको मिलिमतोमा वर्षौदेखि आजका मितिसम्म निर्वाद चलि रहेको मानव तस्कर र भ्रष्टाचारको यो डर लाग्दो जालोलाई हटाउने आँट नदेखिएको मात्र होइन, ठोस पहल नै नगरिएकोमा हाम्रो विरोध र आपत्ति छ।’

सांसद कंसकारले उनले रास्वपाको माग यथावत रहेको र आन्दोलन जारी रहेको पनि बताइन्।  

‘संसदमा हामी ४८ दिनदेखि उभिएका छौं। भिजिट भिसाको नाममा हुने संगठित मानव तस्कर बारे सरकारलाई खबरदार गरिरहेका छौं। तस्करको सेटिङ् नभत्किएको तथ्य आजकै राष्ट्रिय दैनिकहरुमा छापिएको छ । भ्रष्ट र तस्करहरुको सरकारसँग डराएका छैनौं,’ उनले भनिन्।

यस्तै, उनले मधेशमा पानीको अभावले गर्दा रोपाई हुन नसकेको र कलहरु सुकेकर पिउने पानीका लागि मानिस घर छोड्न बाध्य भएको विषयमा पनि सबैको ध्यानाकर्षण गराएकी छन्। 
‘मधेशमा आज कलहरु सुकेका छन्, रोपाई हुन सकेको छैन। पिउने पानीका लागि मानिस घर छोड्न बाध्य छन्। तर मन्त्रीहरु विदेश भ्रमणमा नै व्यस्त छन्। बारा, पर्सा, महोतरी पुग्नु पर्ने हतारो सरकारलाई छैन,’ उनले भनिन्। 
 

प्रकाशित मिति: १४:२२ बजे, बुधबार, साउन ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्