Kathmandu Press

रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिस्कार

भजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै दुवै पार्टीले ५८ दिनदेखि बैठक बहिस्कार गर्दै आइरहेका छन्। 
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिस्कार

काठमाडौं, साउन ७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि संसद् बैठक बहिस्कार गरेका छन्। 

बुधबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै रास्वपा र राप्रपाले बहिस्कार गरेका हुन्। 

बुधबारको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वापका सांसद बिन्दबासिनी कंसाकारले बोलेका थिए। 

दुवैले सांसदले बलिसक्नेवित्तिकै दुवै दलका सांसदहहरु बैठकबाट बाहिरिएका थिए। 

भजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै दुवै पार्टीले ५८ दिनदेखि बैठक बहिस्कार गर्दै आइरहेका छन्। 
 
प्रकाशित मिति: १४:०६ बजे, बुधबार, साउन ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्