Kathmandu Press

पाँच नेताहरूमाथि कारबाहीबारे निर्वाचन आयोगको राप्रपालाई पत्राचार

राप्रपाका पाँच नेताहरूले आफूहरूलाई अवैधानिक तरिकाले कारबाही गरिएको दाबीसहित अध्यक्ष लिङदेनको कारवाहीविरुद्ध आयोगमा निवेदन दिएका थिए। 
पाँच नेताहरूमाथि कारबाहीबारे निर्वाचन आयोगको राप्रपालाई पत्राचार

काठमाडौं, साउन ७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पाँच जना नेताहरूमाथि गरेको कारबाहीको विषयलाई लिएर निर्वाचन आयोगले पत्राचार गरेको छ।

राप्रपाका पाँच नेताहरूले आफूहरूलाई अवैधानिक तरिकाले कारबाही गरिएको दाबीसहित अध्यक्ष लिङदेनको कारवाहीविरुद्ध आयोगमा निवेदन दिएका थिए। 

उक्त प्रकरणमा आयोगले छानबिनका लागि प्रश्ट हुन पत्र पठाएको हो। लिङदेनले पार्टीको अनुशासन समिति अध्यक्षबाट नवराज सुवेदीलाई, सगुनसुन्दर लावतीलाई प्रवक्ताबाट र उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई पदबाटै बर्खास्त गरेका थिए। 

त्यसअघि महामन्त्री डा.धवलशम्शेर राणालाई संगठन विभाग प्रमुखबाट र धनशुर शाहीलाई संयोजित संगठन विभागका सदस्य सचिव पनि पदमुक्त गरेका थिए।

राप्रपाका यी पाँच नेता आफूहरूमाथि विधान विपरीत कारबाही गरेको भन्दै निर्वाचन आयोग पुगेका थिए । आयोगमा परेको उजुरीमा प्रश्टीकरण सोधिएको छ। 
 
प्रकाशित मिति: १३:२४ बजे, बुधबार, साउन ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्