Kathmandu Press

मधेस प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। 
मधेस प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं, साउन ७ : सरकारले मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। 

मन्त्रिपरिषद बैठकले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ बमोजिम राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाका लागि मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ। 

यसअघि मधेस  प्रदेश सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो। 

प्रकाशित मिति: १२:५८ बजे, बुधबार, साउन ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्