भेरीमा टिपर खस्यो, तीन जना वेपत्ता
प्रहरीका अनुसार रा१क १५०१ नम्बरको टिपर जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै थियो।
रुकुम पश्चिम, साउन ७ : भेरी नदीमा टिपर खसेको छ। मंगलबार राति टिपर रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको हो।
दुर्घटनामा तीन वेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रा१क १५०१ नम्बरको टिपर जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै थियो।
वेपत्ता तीनै जनाको अवस्था अहिलेसम्म अज्ञात छ। भेरीमा पानीको अत्याधिक भएकाले खोजीमा कठीनाइ भइरेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १०:५१ बजे, बुधबार, साउन ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1771572500.jpg)



-1771572500.jpg)







