Kathmandu Press

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने सुझाव आएको छ : बर्तौला

पूर्वराष्ट्रपति पार्टी राजनीतिमा आउने कुरा प्रणाली र व्यवस्थाको लागि स्वभाविक नहुने धेरैको मत रहेको बर्तौलाले बताए।
पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने सुझाव आएको छ : बर्तौला

काठमाडौं, साउन ६ : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका केन्द्रीय कमिटीका अधिकांश नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराष्ट्रपति कै हैसियतमा बस्नुपर्ने धारणा राखेको बताएका छन्। 

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमा आफ्नो धारणा राख्ने अधिकांश नेताहरूले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने बताएको जानकारी गराए।

‘अधिकांश केन्द्रीय कमिटीका सदस्यहरुले विधानको संशोधित प्रस्तावलाई समर्थन गर्नुभएको छ । पूर्वराष्ट्रपतिको विषयमा पनि कुरा उठेको छ । कोशी प्रदेशका कमरेडहरूले बोलिसक्नुभएको छ । अहिलेसम्म बोल्नुहुने केन्द्रीय कमिटीको सदस्यहरूले अधिकांशले पूर्वराष्ट्रपति, पूर्वराष्ट्रपति कै हैसियतमा बस्न उपयुक्त हुन्छ,’ उनले भने।

पूर्वराष्ट्रपति पार्टी राजनीतिमा आउने कुरा प्रणाली र व्यवस्थाको लागि स्वभाविक नहुने धेरैको मत रहेको बर्तौलाले बताए। यसका बारेमा पार्टीले आवश्यक निर्णय लियो्स् भन्न सुझाव नेताहरुले दिएको उनले बताए। 
 

प्रकाशित मिति: १९:५० बजे, मंगलबार, साउन ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्