Kathmandu Press

पार्टी फुटाएको होइन, प्रचण्डसँग विद्रोह गरेका हौं : विप्लव

‘हामीले प्रचण्ड कामरेडसँग पार्टी फुटाएको होइन, विद्रोह गरेका हौं। माओवादी कसरी विग्रिदै थियो भन्ने कुरा प्रत्यक्ष आँखाले देखेको छु। त्यसकारण आँखा अगाडि आइसकेको परिणाम त नाकले पनि देख्छ नि?,’ उनले भने।
पार्टी फुटाएको होइन, प्रचण्डसँग विद्रोह गरेका हौं : विप्लव

काठमाडौं, साउन ६ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा (माओवादी) केन्द्रसँग पार्टी नफुटाई प्रचण्डसँग विद्रोह गरेको बताएका छन्। 

मंगलबार पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले आँखा अगाडि माओवादी विग्रिदै गएको भन्दै विद्रोह गरेको बताएका हुन्। 

‘हामीले प्रचण्ड कामरेडसँग पार्टी फुटाएको होइन, विद्रोह गरेका हौं। माओवादी कसरी विग्रिदै थियो भन्ने कुरा प्रत्यक्ष आँखाले देखेको छु। त्यसकारण आँखा अगाडि आइसकेको परिणाम त नाकले पनि देख्छ नि?,’ उनले भने।

उनले देशमा दलाल पूँजीवादहरु र नेपाली जनताको बीचको अन्तरविरोधहरु हल नभएको भन्दै राज्य अस्थिरतामा गएको बताए। 
 
प्रकाशित मिति: १९:४२ बजे, मंगलबार, साउन ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्