Kathmandu Press

‘कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट पनि देशको अवस्था परिवर्तन भएन’

नेता शर्माले कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्दा पनि देशको गरिवीको अवस्था, उत्पीडित जाती, दलितहरु माथिको दमन, अत्याचार उस्तै रहेको बताए। 
‘कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट पनि देशको अवस्था परिवर्तन भएन’

काठमाडौं, साउन ६ : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पटक पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार रहँदा पनि देशको अवस्था परिवर्तन नहुँदा गम्भीर प्रश्नको सामना गर्नुपरेको बताएका छन्। 

मंगलबार ४७औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनका एजेण्डा हराउँदै गएकाले कम्युनिष्ट पार्टीमा गम्भीर प्रश्न उठेको बताए। 

Hardik ivf

‘आज लाखौँ लाख युवाहरु विदेशमा श्रम पसिना बगाइरहेका छन्। हाम्रो जमिन बाँझो छ, खण्डहर बन्दैछन्। यहाँ गम्भीर प्रश्न छ। आज इतिहासको सबैभन्दा कटुट प्रश्न हो यो,’ उनले भने, ‘नौ पटक सरकारको नेतृत्व गर्दा के दियौ के बदल्यौं, के पूरा गर्यौ वा किन गरेनौं? यो प्रश्नको उत्तर दिन कम्युनिष्ट पार्टी तयार हुनुपर्छ।’

नेता शर्माले कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्दा पनि देशको गरिवीको अवस्था, उत्पीडित जाती, दलितहरु माथिको दमन, अत्याचार उस्तै रहेको बताए। 

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पछिल्लो समय राजनीतिक आन्दोलनमा युवा पुस्ताको मनस्थिति फरक रहेको बताए।  

‘हामीले बिर्सिनु हँुदैन हरेक क्रान्तिकारी आन्दोलन यो युगको बौद्धिक आन्दोलन हो, सर्वश्रेष्ठ बौद्धिक आन्दोलन हो। त्यसको निष्कर्ष आफैंमा बौद्धिक निष्कर्ष हो,’ उनले भने, ‘आजको राजनीतिक आन्दोलनमा युवाहरुको मनस्थिती फरक छ। युवाको मनस्थिति बुझ्न नसके यसको मूल्य हामीजस्तो दोस्रो पिंढीले तिर्नुपर्नेछ।’ 
 

प्रकाशित मिति: १७:४० बजे, मंगलबार, साउन ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्