संसदको गतिरोध हटाउन सभामुख घिमिरेले गरे रास्वपा र राप्रपा नेतासँग छलफल
छलफलमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ उपस्थित थिए।-1735204065.jpg)
काठमाडौं, साउन ५ : सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेताहरूसँग सिंहदरबारमा छलफल गरेका छन्।
सभामुख घिमिरेले कानुनमन्त्री अजयकुमार चौरसियाको समेत उपस्थितिमा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका हुन्। उक्त छलफलमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ उपस्थित थिए।
सभामुख घिमिरले संसद् चलाउने वातावरण बनाउन आग्रह गरेका थिए। रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आफूहरूले भिजिट भिषा अनियमितता प्रकरणमा उठाएका मुद्दा गम्भीर रहे पनि सरकारले बेवास्ता गरेको गुनासो राखेका थिए।
छलफलमा सहभागि राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले आफूहरूसँग सहमति नभएसम्म पछाडि नहट्ने अडान राखेका थिए।
उनले सरकारले भिजिट भिषा प्रकरणको बिषयलाई गम्भीरतापूर्वक लिन जरुरी रहेको पनि बताएका थिए।
नेता तामाङले शंक दास बैरागी नेतृत्वको छानबिन समितिले गरेको कामका बिषयमासमेत संसदलाई जानकारी नदिइएको भनाई समेत राखेका थिए।

-1771572500.jpg)




-1771572500.jpg)





