Kathmandu Press

पूर्वराष्ट्रपति भण्डारीबारे महत्वपूर्ण निर्णय लिने सम्भावना : गौतम 

‘बैठकको समापनमा यो विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीज्यूले अन्तिम बैठकको अन्तिममा सम्बोधन गर्दा केही महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरेका छौं।’ 
पूर्वराष्ट्रपति भण्डारीबारे महत्वपूर्ण निर्णय लिने सम्भावना : गौतम 

काठमाडौं, साउन ५ : नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा केन्द्रीय कमिटी बैठकले महत्वपूर्ण निर्णय लिने सम्भावना रहेको भनाई राखेका छन्।

उनले केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताबारे छलफल चलिरहेको बताए। सोमबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दा केही निर्णय लिने अपेक्षा रहेको गौतमले बताए। 

Hardik ivf

संचारकर्मीसँग उनले भने, ‘बैठकको समापनमा यो विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीज्यूले अन्तिम बैठकको अन्तिममा सम्बोधन गर्दा केही महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरेका छौं।’ 

गौतमले भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने विषय, पार्टी सदस्यता र संगठित सदस्यताको व्यवस्था गर्नेलगायतका विषयमा बैठकमा विभिन्न धारणा आएको पनि उनले बताए। 

‘यो महत्वपूर्ण राजनीतिक विषय हो । यसले भोलि जनतामा, प्रणालीमा, व्यवस्थामा के प्रभाव पार्छ यो सबै संविधानको भावनामा कस्तो नजिर र अभ्यास हुन्छ भन्ने विषयमा पार्टीले स्पष्ट एउटा स्पष्ट राजनीतिक निर्णय गर्नुपर्छ भन्ने मत अधिकांश केन्द्रीय सदस्यको मत छ,’ उनले भने। 

सोमबारको बैठकमा ५८ जनाले आफ्नो धारणा राखेका छन्। आइतबार ४९ जनाले आफ्नो धारणा राखेका थिए। आजै बैठक सम्पन्न हुने बताइएको छ। 

प्रकाशित मिति: १७:२६ बजे, मंगलबार, साउन ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्