Kathmandu Press

भू–ढकान नक्सा सार्वजनिक 

वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्धारा प्रकाशित सो भू–क्षेत्र नक्शा केन्द्रका निर्देशक डा. राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गरेका थिए। 
भू–ढकान नक्सा सार्वजनिक 

काठमाडौं, साउन ६ : राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्याण्ड कभर म्याप २०२०–२०२२ (राष्ट्रिय भू–ढकान नक्शा) आज राष्ट्रपति भवन शीतलनिवासमा सार्वजनिक गरेका छन्।

वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्धारा प्रकाशित सो भू–क्षेत्र नक्शा केन्द्रका निर्देशक डा. राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गरेका थिए। 

Hardik ivf

सो अवसरमा राष्ट्रपति पौडेलले नक्सा र कागजमा भएजस्तै फिल्डमा पनि जंगल कायम हुनुपर्ने बताए। उनले वनबाट कमाउने अभियान र वनमासाबाट वन जोगाउन सबै प्रकारका उपाय अवलम्वन गर्नुपर्नेमा जोड दिए। 

सार्वजनिक भएको सो नक्शामा उल्लेख भए अनुसार देशभर जंगलको क्षेत्र ४६.०८ प्रतिशत रहेको छ भने बागमती प्रदेशमा ५८ दशमलव ६२ प्रतिशत रहेको छ।
 

प्रकाशित मिति: १७:२२ बजे, मंगलबार, साउन ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्