Kathmandu Press

गैर कानुनी रुपमा विदेश जानेहरुका कारण बढी समस्या : मन्त्री साह 

उनले वैदेशिक रोजगारमा जानेहरुमा आएको समस्यालाई कानुनी रुपमा मात्र नभइ  सामाजिक उपचारका रुपमा पनि काम गर्नुपर्ने बताए। 
गैर कानुनी रुपमा विदेश जानेहरुका कारण बढी समस्या : मन्त्री साह 

काठमाडौं, साउन ६ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले वैदेशिक रोजगारीमा गैर कानुनी तरिकाबाट जानेहरुमा नै धेरै समस्यामा आउने गरेको बताएका छन्। 

मंगलबार सिंहदरबारमा बसेको वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था छलफल सम्बन्धमा बोल्दै उनले वैदेशिक रोजगारमा जानेहरुमा आएको समस्यालाई कानुनी रुपमा मात्र नभइ  सामाजिक उपचारका रुपमा पनि काम गर्नुपर्ने बताए। 

उनले मन्त्रालयको तर्फबाट धेरै उद्धारका कामहरु गरिसकेको र अझै त्यस्ता काममा ध्यान दिएको बताए। 

मन्त्री साहले सम्बन्धित विषयका सम्बन्धमा संसदमा विधेयकहरु पास हुन बाँकी रहेकाले चाँडै समस्याहरुको समाधान हुने औंल्याए।

प्रकाशित मिति: १६:१५ बजे, मंगलबार, साउन ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्