Kathmandu Press

विपीले राजनीति र परिवारलाई उत्तिकै महत्व दिनुहुन्थ्यो : डा.शशांक कोइराला

उनले राजनीतिक व्यस्तता र सोही अनुसारको जीवनशैलीका बाबजुत पनि विपीले आफ्नो परिवारलाई समय दिएर धेरै ख्याल राख्ने गरेको स्मरण गरे। 
विपीले राजनीति र परिवारलाई उत्तिकै महत्व दिनुहुन्थ्यो : डा.शशांक कोइराला

काठमाडौं, साउन ६ : नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले विपी कोइरालाको राजनीतिक जीवनसँगै पारिवारीक सम्बन्ध पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन्। 

मंगलबार काठमाडौंमा विपी स्मृति दिवसको अवसरमा आयोजित पुस्तक विमोचन समारोहमा बोल्दै उनले राजनीतिक व्यस्तता र सोही अनुसारको जीवनशैलीका बाबजुत पनि विपीले आफ्नो परिवारलाई समय दिएर धेरै ख्याल राख्ने गरेको स्मरण गरे। 

‘विपी कोइरालालाई जहिल्यै मेरो पढाइको चिन्ता हुन्थ्यो। उहाँको राजनीतिक जीवन त राम्रो छँदै थियो, अर्को पारिवारिक जीवन पनि त्यत्तिकै महत्वपूर्ण थियो,’ उनले भने, ‘उहाँले आफ्ना छोराछोरीलाई मात्र भन्दा पनि अरुको छोराछोरीलाई पनि उत्तिकै माया गर्नुहुन्थ्यो।’

नेता कोइरालाले राजनीति एउटा अन्यौलता रहेको भन्दै अन्यौलतामा रमाउन सक्नेले मात्र राजनीति गर्न सक्ने धारणा राखे। 

‘मलाई धेरैले सोध्नुहुन्थ्यो–तँ डाक्टर मान्छे राजनीतिमा रुची होला त भनेर। राजनीति भनेको अन्यौलता रहेछ,’ उलने भने, ‘सोचेको हुन्छ एउटा गइदिन्छ अर्को बाटोतिर । जसले त्यसमा रमाउन सक्छ, उसले नै राजनीति गर्ने हो रहेछ।’ 

प्रकाशित मिति: १६:१३ बजे, मंगलबार, साउन ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्