Kathmandu Press

कुलिङ पिरियड गडवडीमा संसदका महासचिव पाण्डेयसँग सोधपुछ

सांसद जिवन परियार नेतृत्वको समितिले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमा कुलिङ पिरियडलाई निष्प्रभावी बनाउने गरी भएको छेडखानीका बिषयमा पाण्डेयसँग जानकारी लिएको हो।
कुलिङ पिरियड गडवडीमा संसदका महासचिव पाण्डेयसँग सोधपुछ

काठमाडौं, साउन ६ : कुलिङ पिरियडमा भएको गडवडीका बिषयमा छानबिन गर्न गठित समितिले संसदका महासचिव पद्मप्रसाद पाण्डेयसँग मंगलबार सोधपुछ गरेको छ। पाण्डेयसँग झण्डै तीन घण्टा सोधपुछ भएको हो।

सांसद जिवन परियार नेतृत्वको समितिले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमा कुलिङ पिरियडलाई निष्प्रभावी बनाउने गरी भएको छेडखानीका बिषयमा पाण्डेयसँग जानकारी लिएको हो। 

प्रतिनिधसभाबाट  विधेयक पारित गरेर राष्ट्रियसभामा पठाएपछि मात्रै गडबडीबारे सार्वजनिक भएको थियो । छानविनका लागि समितिले २१ दिनको कार्यअवधि पाएको छ। 

राज्य व्यवस्था समितिले दुई वर्षे कुलिङ पिरियड राख्ने निर्णय गरेपछि महासचिव पाण्डेय, मुख्यसचिव एकनारायण आर्याल, प्रधानमन्त्री कार्यालयका सचिव फणिन्द्र गौतम, कानुन मन्त्रालयका सचिव उदय सापकोटा, संसदका तत्कालीन सचिव सुर्दशन खड्कालगायतले उक्त प्रावधानविरुद्ध लविङ गर्न दौडधुप गरेको तथ्य बाहिरिएको थियो। 

यसअघि समितिले आइतबार मुख्य सचिव अर्यालसँग पनि सोधपुछ गरेको थियो। 

प्रकाशित मिति: १४:५४ बजे, मंगलबार, साउन ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्