Kathmandu Press

२ किलो सुन र २४ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति सुनसहित दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।
२ किलो सुन र २४ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, साउन ६ : ठमेलबाट २ किलो सुन र २४ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति सुनसहित दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।

ठमेलमा रहेको जिउ डिङ युयान बीन गुआन होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो। 

प्रहरीका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिनका ४६ वर्षीय तान चुनलिन र ३४ वर्षकी जोउ सुमेइ रहेको छन्।

चुनलिन डेढ महिना पहिले नेपाल आएको जनाइएको छ। उनीहरू उक्त होटलमा सँगै बस्दै आएका थिए। 

प्रहरीले बरामद सुन परीक्षण गरिसकेको छ। थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाउने तयारी रहेको जनाइएको छ। 

प्रकाशित मिति: १४:५३ बजे, मंगलबार, साउन ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्