Kathmandu Press

ऊर्जामार्फत विपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का

मन्त्री खड्काले विपी कोइरालाको दीर्घ संर्षले नेपाली जनतालाई रैतिबाट नागरिक बनाउने प्रक्रिया अघि बढाएको बताए। 
ऊर्जामार्फत विपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
फाइल तस्बिर।

काठमाडौं, साउन ६ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जामार्फत सरकारले विपी कोइरालाले देख्नुभएको समृद्ध मुलुकको सपना पूरा गर्न लागेको बताएका छन्। 

विपी कोइरालाको ४३औं स्मृति दिवसका अवसरमा पिवपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित ‘बिपी स्मरण कार्यक्रम’मा उनले ऊर्जामार्फत विपी कोइरालाले देखेको समृद्ध मुलुक निर्माणको सपना पूरा गर्न लागेको बताए। 

विपी कोइरालालाई नेपाली जनचेतना र अधिकारका प्रतीकका रूपमा उनले स्मरण गरे। ‘बिपी कोइराला अन्तरराष्ट्रिय ख्याति प्राप्त व्यक्तित्व मात्र होइन, उहाँको आदर्श, दृष्टिकोण र जीवनशैली आजको राजनीतिक सन्दर्भमा अझ सान्दर्भिक र प्रेरणादायी छन्,’ मन्त्री खड्काले भने।

उनले विपीले आफ्नो व्यक्तिगत जीवनको सुख सुविधा र सुरक्षाभन्दा विचार तथा मूल्यलाई महत्व दिएको उल्लेख गरे। मन्त्री खड्काले विपी कोइरालाको दीर्घ संर्षले नेपाली जनतालाई रैतिबाट नागरिक बनाउने प्रक्रिया अघि बढाएको बताए। 

राज्यले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने दायित्वबोध पविपीको राजनीतिक दर्शनमा स्पष्ट रूपमा झल्किने उनको भनाइ थियो। मन्त्री खड्काले पजपीको सम्पूर्ण जीवन नेपाली जनता र राष्ट्रहितमा समर्पित रहेको स्मरण गरे।

विपीको आत्मनिर्भर राष्ट्र निर्माणको सोचसँग ऊर्जा क्षेत्रको विकासलाई जोड्दै लगिएको उलने बताए। 

प्रकाशित मिति: १४:२२ बजे, मंगलबार, साउन ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्