कांग्रेसका पाँच पूर्व पदाधिकारीले भेटे सभापति देउवालाई
कांग्रेस नेता एवम् पूर्व पदाधिकारी कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा.प्रकाशशरण महतले बुढानीलकण्ठ पुगेर सभापति देउवालाई भेटेका हुन्।
काठमाडौं, साउन ६ : नेपाली कांग्रेसका पाँचजना पूर्व पदाधिकारीले सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
कांग्रेस नेता एवम् पूर्व पदाधिकारी कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा.प्रकाशशरण महतले बुढानीलकण्ठ पुगेर सभापति देउवालाई भेटेका हुन्।
सोमबार चाक्सीबारीमा एकसाथ बैठक गरेका पूर्व पदाधिकारी मध्ये विमलेन्द्र निधि र डा.शशांक कोइराला भने देउवा निवासको आजको भेटमा सहभागी भएका छैनन्।
सिंह निवास चाक्सीबारी बैठकमा भएका विषयहरु जानकारी गराउन उनीहरु देउवा निवास पुगेको जनाइएको छ।
स्रातका अनुसार सोमबारको बैठकको निर्णय अनुसार कांग्रेस र एमाले वीचमा भएको सात बुँदे सहमति कार्यान्वयनका लागि ध्यानाकर्षण गराउन बुढानीलकण्ठ पुगेका हुन्।
प्रकाशित मिति: १४:०३ बजे, मंगलबार, साउन ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1771572500.jpg)

-1771572500.jpg)