Kathmandu Press

विपीको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ : सभापति देउवा

विपी कोइराला सधैं आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको अपरिहार्यता हो भन्ने कुरामा अडिग व्यक्ति भएको सभापति देउवाले बताए। 
विपीको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ : सभापति देउवा

काठमाडौं, साउन ६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउन विपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।
 
मंगलबार काठमाडौंमा विपी स्मृति सामुदायिक सहकारी अस्पतालले आयोजना गरेको विपी विचार विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै उनले कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन भएको बताए। 

‘विपी कोइरालाको आदर्श मूल्य र मान्यता कांग्रेसका लागि मात्र नभई देशकै लागि पनि दिशा निर्देशन पनि हो। राष्ट्रिय एकता, सामाजिक सद्भावलाई अझ बलियो बनाउन विपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ,’ सभापति देउवाले भने, ‘विपी कोइरालाको जीवन सधैं संघर्ष र आन्दोलनमा नै गुज्रियो। उहाँको त्याग, योगदान, स्थापित मूल्य मान्यताले नै नेपाली कांग्रेसलाई आजको स्थितिमा ल्याएको हो।’

विपी कोइराला सधैं आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको अपरिहार्यता हो भन्ने कुरामा अडिग व्यक्ति भएको सभापति देउवाले बताए। 

‘विपी कोइराला सधैं आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको अपरिहार्यता हो भन्ने कुरामा अडिग हुनुहुन्थ्यो । जुन अहिले अझ सान्दर्भिक हुन पुगेको छ,’ उनले भने।
 

प्रकाशित मिति: १२:१० बजे, मंगलबार, साउन ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्