Kathmandu Press

काङ्ग्रेस–एमालेबीचको फरक मतका बीच साझा मतको खोजी गर्नुपर्छ : महामन्त्री शर्मा

उनले एउटै दलभित्र दुई तीनवटा विचारहरु हुन्छन् भने दुइवटा पृष्ठभूमिबाट आएका पार्टीबीच फरक विचार हुनु स्वभाविक भएको भन्दै नेपाली कांग्रेस र नेकपा एमाले फरक मतको बीचमा साझा मतको खोजी गर्नुपर्ने बताए। 
काङ्ग्रेस–एमालेबीचको फरक मतका बीच साझा मतको खोजी गर्नुपर्छ : महामन्त्री शर्मा
फाइल तस्बिर।

काठमाडौं, साउन ६ : नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गठबन्धन सरकारको सफलता फरक मतहरुको बीचमा साझा मतबाट बन्ने बताएका छन्। 

मंगलबार काठमाडौंमा आयोजित ४३औं वीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले एउटै दलभित्र दुई तीनवटा विचारहरु हुन्छन् भने दुइवटा पृष्ठभूमिबाट आएका पार्टीबीच फरक विचार हुनु स्वभाविक भएको भन्दै नेपाली कांग्रेस र नेकपा एमाले फरक मतको बीचमा साझा मतको खोजी गर्नुपर्ने बताए। 

Hardik ivf

‘अहिले परिस्थितीको जटिलताको बीचबाट एउटा गठबन्धनको सरकार बनेको छ। यो सरकारको सफलता फरक मतहरुको बीचको साझा मतबाट बन्ने हो। एउटै दलभित्र पनि दुई तीनवटा विचारहरु हुन्छन् भने स्वभाविक कुरा हो दुईवटा पृष्ठभूमिबाट आएका नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा प्रतिस्पर्धा पनि छ, सहकार्य पनि छ, फरक मत पनि छ र यसको बीचमा साझा मतको खोजी गर्नुछ,’ उनले भने।

महामन्त्री शर्माले अहिले दुई पार्टीबीच उत्पन्न हुँदै गरेका समस्या दुईवटा कुराको सन्दर्भमा प्रधानमन्त्रीले गम्भीर हुनुपर्ने बताए।  

‘अहिले हाम्रो बीचमा उत्पन्न हुँदै गरेका समस्या दुईवटा कुराको सन्दर्भमा छ। यो दुइवटै कुराको हल हाम्रो आग्रहलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले गम्भीरता राख्नुपर्छ,’ उनले भने, ‘एउटा कुलिङ पिरियडको जुन विषय थियो यसमा जो दोषि छ त्यसलाई कारबाही गर्नुपर्छ।’

भूमि विधेयकको सन्दर्भमा अलि बढि हतार गर्न खोजिएको र प्रधानमन्त्रीको पनि समर्थन रहेको हो कि भन्ने खालका बुझाइलाई पनि प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ। 

‘भूमि विधेयकको सन्दर्भमा अलि बढि हतार गर्न खोजिएको, मन्त्रीले हतार गर्न खोजेको त्यसमा प्रधानमन्त्रीको पनि समर्थन रहेको हो कि भन्ने खालका बुझाइलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भने, ‘भूमि विधेयक पारित हुनुपर्छ तर पारित गर्ने भन्दै गर्दा हतारमा ल्याएर हुँ्। गहन छलफल गरेर गर्नुपर्छ।’ 

महामन्त्री थापाले वीपी कोइरालाले मेलमिलापको नीति ल्याएपछि राजसंस्थाको प्रतिनिधिका रुपमा राजा र लोकतन्त्रको प्रतिनिधिका रुपमा आफूलाई राखेर राजा र मेरो गर्धन जोडिएको छ भन्ने कुरालाई अपव्याख्या दरबारले नगरेको भए, आज नागार्जुनको डाँडामा बसेर यो लोकतान्त्रिक गणतन्त्रलाई हेरिराख्नु पर्ने अवस्था नेपालको राजसंस्थाको नआउने बताए। 

प्रकाशित मिति: ११:१३ बजे, मंगलबार, साउन ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्