Kathmandu Press

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै 

सोमबारदेखि जारी बैठक आज पनि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने लागिएको हो । 
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै 

काठमाडौं, साउन ६ : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (मंगलबार) पनि बस्दैछ । 

सोमबारदेखि जारी बैठक आज पनि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने लागिएको हो । 

Hardik ivf

सोमबारको बैठकमा भदौमा हुने विधान महाधिवेशनको प्रतिवेदनमाथि ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए भने बाँकी सदस्य आज आफ्नो धारणा राख्ने कार्यक्रम छ । 

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने छन् ।
 

प्रकाशित मिति: ०८:३३ बजे, मंगलबार, साउन ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्