‘विद्या भण्डारीको आग्रहमा भेट भएको हो, पार्टीभित्र मतभेद छैन’
‘पूर्वराष्ट्रपति विद्या भण्डारीको आग्रहमा नै हिजो पार्टी कार्यालयमा भेट भएको हो। भेटका क्रममा एमालेलाई विभाजित गर्ने तत्व सक्रिय रहेकोबारे र सरकारले गरिरहेको कामको सन्दर्भमा खुलस्त छलफल भएको छ,’ उनले भने।-(22)-1753113334.jpg)
काठमाडौं, साउन ५ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग सोमबार भएको भेटबारे केन्द्रीय कमिटीको बैठकमा ब्रिफिङ गरेका छन्।
च्यासलमा जारी बैठकमा ओलीले पूर्वराष्ट्रपति भण्डारीको आग्रहमा नै भेटघाट भएको जनाइएको छ। उनले एमालेलाई विभाजित गर्ने तत्व सक्रिय रहेकोदेखि सरकारले गरिरहेको कामको सन्दर्भमा खुलस्त छलफल भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
‘पूर्वराष्ट्रपति विद्या भण्डारीको आग्रहमा नै हिजो पार्टी कार्यालयमा भेट भएको हो। भेटका क्रममा एमालेलाई विभाजित गर्ने तत्व सक्रिय रहेकोबारे र सरकारले गरिरहेको कामको सन्दर्भमा खुलस्त छलफल भएको छ,’ उनले भने।
त्यस्तै बैठकमा ओलीले मिसन ०८४ एमालेलाई निर्णायक शक्ति बनाउनेगरी पार्टीपंक्तिलाई प्रस्तुत हुन निर्देशन दिए।
‘पार्टीकको सिंगो पंक्तिलाई एउटा निर्णायक शक्ति बनाउनेगरी मिसन ८४ मा प्रस्तुत हुनुपर्ने भएकोले पार्टीमा कुनै वैचारिक र नीतिगत विभाजन नभएको हुनाले कुनै मतभेद भए खुलस्त गर्न निर्देशन दिनुभएको छ,’ उनले भने।
बैठकमा चौतर्फी आक्रमणबाट पार्टीलाई जोगाउनको लागि सिंगो पंक्ति एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा ओलीले राखेको उनले जानकारी गराए।
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने विषयमा आफ्नो तर्फबाट अहिले चलिरहेको अभ्यासबारे स्पष्ट दृष्टिकोण राखेको बताउँदै उनले पार्टी सदस्यताका विषयमा पनि धेरै विवाद गर्नुपर्ने नभएकाले आवश्यक छलफल गरेर केन्द्रीय कमिटीबाटै निर्णय लिने बताए।

-1771572500.jpg)




-1771572500.jpg)





