Kathmandu Press

कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यक छ : सभापति देउवा

उनले कांग्रेसलाई  बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यक रहेको भन्दै त्यसको लागि पुस्तकालयको पनि भूमिका हुने बताए। 
कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यक छ : सभापति देउवा

काठमाडौं, साउन ५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै जातजाती र समुदायको समर्थन काङ्ग्रेसले प्राप्त गर्ने हो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी बन्ने बताएका छन । 

सोमबार नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले पुस्तकालय स्थापना र सञ्चालनमा सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र वितरण गर्न आयोजित कार्यक्रममा उनले कांग्रेसलाई  बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यक रहेको भन्दै त्यसको लागि पुस्तकालयको पनि भूमिका हुने बताए। 

Hardik ivf

‘नेपालमा काङ्ग्रेस मात्रै एउटा ठूलो पार्टीको रुपमा छँदैछ। अझ बहुमत प्राप्त गर्ने पार्टी पनि हुन सक्छ । यद्यपि अहिलेको समानुपातिक समावेशीतामा आधारित जुन व्यवस्था छ, सबैलाई समावेश गर्ने खालको व्यवस्था छ,’ उलने भने, ‘सबै जातजाती, समुदायको समर्थन प्राप्त गर्न सक्यो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी बन्न सक्छौं। यसमा यो पुस्तकालयले ठूलो भूमिका खेल्न सक्छ।’

सभापति देउवाले यस पुस्तकालयमा रहेका किताबहरू एकदमै बहुमूल्य भएको भन्दै पार्टीको सिद्धान्त र आदर्श पुस्तकालयमार्फत सबैलाई बुझाउन सक्नुपर्ने बताए।
 

प्रकाशित मिति: २०:१० बजे, सोमबार, साउन ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्