Kathmandu Press

चाक्सीबारीमा भेला भएका कांग्रेस नेताहरूले भने– गठबन्धनको भावना अनुसार सरकारले काम गर्नुपर्छ  

ता कृष्णप्रसाद सिटौलाले गठबन्धनको भावना अनुसार सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको बताए।
चाक्सीबारीमा भेला भएका कांग्रेस नेताहरूले भने– गठबन्धनको भावना अनुसार सरकारले काम गर्नुपर्छ  

काठमाडौं, साउन ५ : नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरूले छलफल गरेका छन्। 

सोमबार कांग्रेसबाट सरकारको नेतृत्व गरेर गएका उपप्रधान तथा सहरी विकास मन्त्रीसमेत रहेका प्रकाशमान सिंहको निवासमा कांग्रेस संस्थापन पक्षको बैठक बसेको हो। बैठकमा सिंहसँगै पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत सहभागी थिए। 

Hardik ivf

उक्त बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कृष्णप्रसाद सिटौलाले गठबन्धनको भावना अनुसार सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको बताए। उनले सरकारले प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्ने समेत बताए।

‘देशको समसामयिक राजनीतिक परिस्थितका बारेमा छलफल गर्यौं। सरकारले प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्छ भनेर हामीले नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भनेका छौं,’ उनले भने, ‘गठबन्धनको भावनालाई कायम राख्नुपर्छ, यो गठबन्धन ०८४ को निर्वाचनसम्मै जान् । त्यो जानेगरी विश्वासका आधारमा काम गर्नुपर्छ।’

नेता सिटौलाले आजको बैठकको निष्कर्ष मन्त्री सिंहले प्रधानमन्त्री केपी ओलीसँग पनि कुरा गर्ने बताए । गठबन्धन निर्माण हुँदा सहमति अनुसार दुई दलबीच भएको संविधान संशोधनको विषय अगाडि नबढेको समेत बैठकले निष्कर्ष निकालेको छ।
 

प्रकाशित मिति: १८:४८ बजे, सोमबार, साउन ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्