संस्कृति नीतिमार्फत संस्कृतिको क्षेत्रलाई नयाँ दिशा दिन सकिन्छ : मन्त्री पाण्डे
उनले संस्कृति नीति कार्यान्वयनमा आउने हो भने यसले संस्कृतिलाई रक्षा र संरक्षण गर्ने काममा सहज हुने भन्दै यो संविधान बनेपछि बन्ने संस्कृति नीतिले नेपाललाई त्यो दिशातर्फ लाने बताए।
काठमाडौं, साउन ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नयाँ संविधान बनेपछिको संस्कृति नीतिले संस्कृतिको क्षेत्रमा नयाँ दिशा दिने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित गायक स्व.अरुण थापा मगरको २६औं स्मृति दिवसको अवसरमा स्रष्टा सम्मान कार्यक्रममा उनले संस्कृति नीति कार्यान्वयनमा आउने हो भने यसले संस्कृतिलाई रक्षा र संरक्षण गर्ने काममा सहज हुने भन्दै यो संविधान बनेपछि बन्ने संस्कृति नीतिले नेपाललाई त्यो दिशातर्फ लाने बताए।
‘म मन्त्री भएपछि संस्कृति नीतिलाई मन्त्रिपरिषद्मा पु¥याएका छौं। त्यो नीति बाहिर कार्यान्वयनमा आउना साथ संस्कृतिहरुलाई मूलधारमा ल्याउने, त्यसको रक्षा र संरक्षण गर्ने काममा तत्परताका साथ लाग्छौं र त्यसका लागि वातावरण नयाँ नीतिले बनाउँछ,’ उनले भने, ‘प्रजातन्त्र र लोकतन्त्र आएपछि र यो संविधान बनेपछि बन्ने संस्कृति नीतिले हामीलाई त्यो दिशातर्फ लान्छ।’
यस्तै, उनले संसारभरका मानिसका लागि नेपाल हेर्न र अध्ययन गर्न मिल्ने खालको खुला संग्रहालयको रुपमा रहेको पनि बताए।
पछिल्लो समयमा भाषा अध्ययन गर्नको लागि ल्याबको व्यवस्था गरेको पनि उनको भनाई छ।



-1771572500.jpg)




-1771572500.jpg)



