भूमि विधेयकमा कांग्रेस र एमालेबीच जुट्न सकेन सहमति
बैठकमा कांग्रेसका तर्फबाट गृहमन्त्री लेखकसहित पार्टी महामन्त्रीसमेत रहेका गगन थापा, प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायत थिए। एमालेबाट मन्त्री अधिकारीसहित प्रमुख सचेतक महेश बर्तौला सहभागि थिए।
काठमाडौं, साउन ५ : भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमा सहमति जुटाउन सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका मन्त्रीसहित बसेको बैठक बिनानिष्कर्ष सकिएको छ।
सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलमा गृहमन्त्री रमेश लेखक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी सहित कांग्रेस–एमालेका सांसदहरूको बैठक बसेको थियो। तर सहमति जुट्न भने सकेन।
बैठकमा कांग्रेसका तर्फबाट गृहमन्त्री लेखकसहित पार्टी महामन्त्रीसमेत रहेका गगन थापा, प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायत थिए। एमालेबाट मन्त्री अधिकारीसहित प्रमुख सचेतक महेश बर्तौला सहभागि थिए।
बैठकमा एमालेले सीधै सदनमा छलफल गरेर विधेयक पास गर्नुपर्ने प्रस्ताव राखेको जनाइएको छ । तर कांग्रेसले भने उक्त प्रश्ताव अस्विकार गरेको छ। संसदमा कांग्रेसका महामन्त्री गगन थापा र अर्कामहामन्त्री विश्वप्रकाश शर्माले पनि संशोधन दर्ता गराएका छन्।
कांग्रेस अरु सांसदहरूले पनि हदबन्दीभन्दा बढी जग्गा भएका चिया लगायतका उद्योगका जग्गामा घरजग्गा व्यवसाय गर्न, घडेरी वा अपार्टमेन्ट निर्माण गरी बेचबिखन रोक्न संशोधन दर्ता गराएका छन्।
विधेयकमा अनुमति प्राप्त घरजग्गा व्यवसाय गर्ने कम्पनीको नाममा जग्गा भए ‘जग्गा विकास गरी विकसित घडेरी वा त्यस्तो घडेरीमा घर वा आवास इकाइ (अपार्टमेन्ट) निर्माण गरी बिक्री गर्न कुनै बाधा नपर्ने’ उल्लेख छ। यो प्रावधान पास गर्न नदिने पक्षमा कांग्रेस छ भने एमाले जसरी पनि पास गराउने पक्षमा छ।



-1771572500.jpg)




-1771572500.jpg)



