Kathmandu Press

‘डार्क फाइल’ प्रकरणमा फरार तिम्सिना पक्राउ 

सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो तयार गरी अदालतको अवहेलना गरेको आरोपमा उनलाई सर्वाेच्च अदालतबाट ६ महिना कैदको फैसला भएको थियो। 
‘डार्क फाइल’ प्रकरणमा फरार तिम्सिना पक्राउ 

काठमाडौं, साउन ५ : फेक अडियो बनाएर अदालतको अवहेलना ठहर भएका राजकुमार तिम्सिना पक्राउ परेका छन्। 

सर्वोच्च अदालतको फैसलापछि तिम्सिना फरार रहेका थिए। उनलाई आइतबार साँझ इटहरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो तयार गरी अदालतको अवहेलना गरेको आरोपमा उनलाई सर्वाेच्च अदालतबाट ६ महिना कैदको फैसला भएको थियो। 

सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले गत असोज १४ गते राजकुमार तिमल्सिनालाई ६ महिना कैदको फैसला सुनाएको थियो। 

इटहरी– ५ पचरुकी चोकमा दुई महिलाबीचको लेनदेन विवादमा पुगेको प्रहरीले फरार तिम्सिनालाई पनि भेटेको थियो। 

दुई महिलाबीचको विवादमा जोडिएका कारण तिम्सिना त्यहाँ पुगेको अनुमान प्रहरीको छ। तिम्सिनाको परिचय पत्रको आधारमा फरार अभियुक्त भएको खुलाा भएको जनाइएको छ। 
 
प्रकाशित मिति: १५:०७ बजे, सोमबार, साउन ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्