Kathmandu Press

कांग्रेसका सात पूर्वपदाधिकारी चाक्सीबासीमा भेला हुँदै 

पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महतबीच छलफल हुन लागेकाे हाे।
कांग्रेसका सात पूर्वपदाधिकारी चाक्सीबासीमा भेला हुँदै 

काठमाडौं, साउन ५ : नेपाली कांग्रेसका सात पूर्व पदाधिकारीको बैठक डाकिएको छ। 
 
कांग्रेस नेता एवं सरकारका उपप्रधानन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक डाकिएको हो। भेलामा नेताहरु जुट्नेक्रम जारी छ। 

पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा.शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महतबीच छलफल हुन लागेकाे हाे।

उनीहरु यसअघि पनि यसरी भेला हुने गरेका थिए। पूर्व पदाधिकारीले सातै प्रदेशमा अन्तक्रिया गर्ने तयारी गरेको समेत जनाइएको छ। 

प्रकाशित मिति: १५:०३ बजे, सोमबार, साउन ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्