Kathmandu Press

युवकलाई छुरा प्रहार गरी हत्या गर्ने युवती पक्राउ

पक्राउ परेकी झाले महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका ३२ वर्षिय बिमलेश यादवलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ।
युवकलाई छुरा प्रहार गरी हत्या गर्ने युवती पक्राउ

धनुषा,साउन ५ : धनुषा प्रहरीले एक जना युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका  ०४ बस्दै आएकी २१ वर्षीया जुली झा रहेकी छन्।

Hardik ivf

पक्राउ परेकी झाले महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका ३२ वर्षिय बिमलेश यादवलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ। उनीहरुबीच लामो समयदेखि चिनजान र आर्थिक लेनदेन समेत रहेको पाइएको छ।

गत शनिबार राति करिब १० बजे जनकपुरधाम उपमहानगरपालिका २३ स्थित रहेको एस पी एण्ड गेस्ट हाउसको कोठा नं. १०२ मा अभियुक्त झा र मृतक यादव बसेका थिए।

सोही राती करिब ३ बजे मृतक यादव नग्न अवस्थामा होटलको पहिलो तल्लाबाट शरीर भरि काटिएर रगत निस्किरहेको अवस्थामा तल झरेको सिसिटिभी फुटेजमा देखिएको धनुषा प्रहरीको भनाइ छ । त्यस्को केही मिनेटपछि अभियुक्त झा होटलको पछाडि गेटबाट भागेकोसमेत सीसीििटभी फुटेजमा देखिएको जनाइएको छ।

घटनाको जानकरी प्राप्त भएलगत्तै प्रहरी चौकी जिरोमाइलबाट खटिएको टोलीले छटपटाइरहेको अवस्थामा रहेका यादवलाई एम्बुलेन्समा राखी अस्पताल पुर्याएका थिए । तर यादवको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ। 

धनुषा प्रहरीले अभियुक्त जुली झालाई आइतबार १२ बजे धनुषाबाट महोत्तरीको परौल स्थानतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १४:२९ बजे, सोमबार, साउन ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्