Kathmandu Press

विद्या भण्डारीसँग कुनै मतभेद छैन : ओली 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार सुरु भएको बैठकमा ओलीले पार्टीमा कुनै प्रकारको मतभेद नरहेको भन्दै पूर्वराष्ट्रपति भण्डारीसँग पनि मतभेद नरहेको बताएका हुन्। 
विद्या भण्डारीसँग कुनै मतभेद छैन : ओली 

काठमाडौं, साउन ५ : एमाले अध्यक्ष केपी ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग कुनै मतभेद नरहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार सुरु भएको बैठकमा ओलीले पार्टीमा कुनै प्रकारको मतभेद नरहेको भन्दै पूर्वराष्ट्रपति भण्डारीसँग पनि मतभेद नरहेको बताएका हुन्। 

बैठकमा ओलीले सदस्यहरूलाई खुलस्तरूपमा छलफलमा भाग लिन समेत आग्रह गरेका छन्। 

बैठकमा ओलीले एक लाख ३९ हजार पार्टी सदस्य थपिएको बताउँदै ०८४ मा एमालेलाई निर्णायक शक्ति बनाउनुपर्ने बताएको जनाइएको छ। 
 
प्रकाशित मिति: १४:०० बजे, सोमबार, साउन ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्