Kathmandu Press

जुम्लाको पातारासी गाउँपालिकामा करार शिक्षकले लगाए ताला

पालिकामा रहेका करार शिक्षकहरुको जागिर सुनिश्चत गर्न माग गर्दै उनले पालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्।
जुम्लाको पातारासी गाउँपालिकामा करार शिक्षकले लगाए ताला

जुम्ला, साउन ५ : जुम्लाको पातारासी गाउँपालिकामा करार शिक्षकले तालबन्दी गरेका छन्।

पालिकामा रहेका करार शिक्षकहरुको जागिर सुनिश्चत गर्न माग गर्दै उनले पालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्।

गाउँपालिकाले गत असार ३२ गते कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुर्नैपनि व्यक्तिलाई ज्यालादारी वा करार नियूक्ति गर्न नपाईने र स्थानीय सेवा– गठन तथा संचालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियूक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारी वाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना अनुसार हाजिर हुन नपाएका शिक्षक आन्दोलित भएका हुन्। 

गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले शिक्षकहरुको मुद्दाका विषयमा छलफल भइरहेको बताइन्। गाउँपालिका तालाबन्दी भएपछि पालिकामा प्रहरी पुगेर अनुसन्धान अघि बढाएको छ।
 

प्रकाशित मिति: १३:४५ बजे, सोमबार, साउन ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्